25th September 2020

निर्देशक आकाश अधिकारीको चलचित्रमा अभिनेता शिव श्रेष्ठ र सौगात मल्ल ।

असोज,९,२०७७ ।निर्देशक आकाश अधिकारीको निर्देशनमा निर्माण हुन लागेको एक नयाँ चलचित्रमा अभिनेता शिव श्रेष्ठ र सौगात मल्लको अभिनय रहने भएको छ ।चलचित्र पन्छी, क्रोध, काठमाण्डु’ लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका निर्देशक अधिकारीले निर्देशन गर्न लागेको उक्त चलचित्र ।दि स्काई मुभिजको सातौ प्रस्तुति रहेको छ ।जुन चलचित्रमा निर्देशक आकाश अधिकारीको पनि अभिनय रहने बताइएको छ ।सस्पेन्स थ्रिलर कथामा निर्माण हुने चलचित्रमा निर्देशक आकाश अधिकारीले जानकारी दिए अनुसार शिव श्रेष्ठ र सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको पनि अभिनय रहेन छ । निर्देशक आकाशको निर्देशनको साथै कथा पनि रहने यो चलचित्रमा नवविजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत रहने छ । चलचित्र ‘कान्छी’ पछि निर्देशक आकाश अधिकारीले निर्देशन गर्न लागेको उक्त चलचित्रको छायाकन तिहार लगत्तै शुरु हुने पनि बताइएको छ । नायिकाको भने फाइनल गर्न बाकी रहेको चलचित्रको क्रियटिभ प्रोड्यूरसमा सम्पदा मल्ल रहेकी छिन् ।