04th June 2019

चलचित्र ए मेरो हजुर बेलायतमा प्रदशन को ५१ औ दिन मनाउन सफल ।

जेठ,२१,२०७६ ।गत बर्ष चैत २९ गते बाट विश्वब्यापी प्रदशनमा आएको नायिका तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ले आइतबार बेलायतमा प्रदशन को ५१ औ दिन मनाउन सफल भएको छ ।नायक अनमोल के,सी र नव नायिका सुहाना थापाको मुख्य अभिनय रहेको उक्त चलचित्रले बेलायतको अल्डरसट स्थित एम्पायर हलमा रेड कार्पेट शो को आयोजना गरी प्रदशन को ५१ औ दिन को खुशियाली केक काटदै मनाएको हो ।सपन इण्टरटेण्टमेण्ट्को आयोजनामा भएको उक्त सेलिब्रेसन शो मा चलचित्रकी नायिका सुहाना निर्देशक झरना र निर्माता सुनिल कुमार थापाको सहभागी ता रहेको थियो ।