23rd September 2020

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्ध ।

असोज,७,२०७७ । नेपाली चलचित्रको बजारमा अभिनेता निर्माता तथा निर्देशक भुवन के,सीको चलचित्र ड्रीम्स बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गर्दै पहिलो चलचित्र बाट नै स्टार नायिकाको उपमा पाउन सफल भएकी भागयमानी नायिका हुन नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह । पहिलो चलचित्रमा नै नेपाली चलचित्रका स्टार नायक अनमोल के,सीको साथमा स्क्रीन सेयर गरेकी नायिका साम्राज्ञीले त्यस पछी चलचित्र ए मेरो हजुर २,  इण्टु मिण्टु लण्डनमा,कायरा, मंगलम, रातो टिका निधारमा, तिमी सँग, मारुनी जस्तो सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । एक पछी अर्को गर्दै लगातार ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा सकारात्मक टिपणी पाउन सफल चलचित्रहरु नेपाली दर्शक हरुलाई दिदै आएकी नायिका साम्राज्ञी अभिनित पछिल्लो प्रदशनमा आएको चलचित्र मारुनी रहेको छ ।जुन चलचित्रले ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा प्रशंसा बटुल्न सफल भएको थियो ।  
यसै क्रममा उनि केहि समय अघी लक डाउनको समयमा एक नयाँ चलचित्रमा अनुबन्ध भएकी थिइन ।जुन चलचित्रमा प्रदशनको पर्खाईमा रहेको चलचित्र प्रेम गीत ३ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गर्दै गरेका नायक मनिष राउत र चलचित्र जेरिकी नायिका आना शर्माको पनि मुख्य भूमिका रहने छ । अब नेपाली दर्शक हरुको सर्वाधिक रोजाई र खोजाईमा पर्ने गरेकी उनै नायिका साम्राज्ञी अर्को एक नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छिन ।जुन चलचित्रमा उनलाई नेपाली चलचित्रका स्टार नायक पल शाहको जोडीको रुपमा देख्न पाइने छ ।
अमेरिकामा नै छायांकन हुने बताइएको चलचित्र व्यवसायी पासाङ लामा, आर्यन पौडेलको लगानी र निरु भण्डारीको सह–निर्माणमा बन्न लागेको पनि बताइएको छ ।कोरोनाको अवस्था हेरेर दशैं र तिहारको विचमा अमेरिकामा छायाँकन हुने चलचित्र रेड वाइन आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने छ । चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठको रहेको छ ।