22nd September 2020

चलचित्र ‘हिड्दा हिड्दै’ मा नायक आकाश श्रेष्ठ , सलोन बस्नेतको साथमा नव नायिका रेखा शाह ।

असोज,६,२०७७ ।बिगत ६ महिना देखी शुन्यमा रहेको नेपाली चलचित्रको बजारमा यती बेला नयाँ नयाँ चलचित्रको निर्माण घोषणा हुन थालेको छ ।कोरोना कहरका करिब ६ महिनादेखि चलचित्रका सम्पूर्ण गतिविधी ठप्प पुग्दा घर भित्र रहदै आएका चलचित्रकर्मी हरुमा केहि दिन यता बाट नयाँ चलचित्रको निर्माण घोषणा हुन थाले पछी चलचित्रकर्मी हरुमा नयाँ उत्साह बढेको पाइएको छ । लामो समय देखी चलचित्र सम्बन्धी कुनै गतिबिधी हुन नसक्दा निराश बनेका चलचित्रकर्मीहरु अब बिस्तारै आ अफ्नो लयमा फर्किने प्रयासमा रहेका छन । यसै क्रममा लामो समयपछि एक कार्यक्रमको आयोजना गर्दै दिल लामा, राजकुमार थिङ्ग र पारस गुरुङ प्रस्तुतकर्ता रहेको चलचित्र ‘हिड्दा हिड्दै’को निर्माणको घोषणा गरिएको छ ।जुन चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दैछन् । यूवायूवतीको प्रेम, विछोड र पीडाको कथामा निर्माण हुने बताइएको चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाहको मुख्य भूमिका रहनेछ ।  विकास थापाको पनि अभिनय रहने  चलचित्रमा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने छ । शुशिल पोखरेल प्रस्तुतकर्ता तथा लेखकको रुपमा रहेको चलचित्र सामाजिक पारिवारिक कथामा निर्माण हुने निर्देशक मिलन आलेमगरले जानकारी दिएका छन । यस्तै,चलचित्रका नायक आकाश श्रेष्ठले पनि आफूले कथा मन परेकाले यो चलचित्रमा काम गरेको बताएका छन  । चलचित्रको छायांकन काठमाण्डौ र तराइका विभिन्न स्थानमा हुने बताइएको छ ।