22nd September 2020

चलचित्र रेड वाइनमा पहिलो पटक एक साथ देखिदै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक पल शाह।

असोज,६,२०७७ । नेपाली चलचित्रका स्टार नायक पल शाह र चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह लाई अब एउटै चलचित्रमा देख्न पाइने भएको छ । कोरोनाको कारण लामो समय देखी शुन्यको अवस्थामा रहेको नेपाली चलचित्रको बजारमा निर्माता रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’मा नेपाली चलचित्रको बजार छुट्टै पहिचान बनाउन सफलभैसकेका यि नायक नायिका लाई एक साथ देख्न पाइने भएको हो ।लामो समयदेखि संचार क्षेत्रमा सक्रिय हाल अमेरिकामा रहेदै आएका पौडेलले चलचित्र ‘रेड वाइन’को लागि यि दुई कलाकार लाई फाइनल गरे सँगै पल र साम्राज्ञीले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।  हाँस्य कलाकार सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहने उक्त चलचित्रमा दुई चर्चित कलाकारले एकसाथ काम गर्न पाउँदा उत्साह व्यक्त गरेका छन् । अमेरिकामा नै छायांकन हुने बताइएको चलचित्र व्यवसायी पासाङ लामा, आर्यन पौडेलको लगानी र निरु भण्डारीको सह–निर्माणमा बन्न लागेको पनि बताइएको छ ।कोरोनाको अवस्था हेरेर दशैं र तिहारको विचमा अमेरिकामा छायाँकन हुने चलचित्र रेड वाइन आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने छ । चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठको रहेको छ । पछिल्लो समय चलचित्र ‘राज्जा रानी’ को निर्माण गरेकाअ निर्माता रमेशको उक्त चलचित्रमा ८८४८ मिडियाको पनि आवद्धता रहने बताइएको छ ।