21st September 2020

चित्तवुझ्दो कथाको पर्खाईमा नायिका उपासना सिंह ठकुरी ।

असोज,०५,२०७७ ।नेपाली चलचित्रका स्टार नायक अनमोल केसी अभिनित चलचित्र क्याप्टेन बाट अभिनय यात्रा शुरु गरी छोटो समय मै नेपाली दर्शकहरुको मन जित्दै चलचित्रको बजार चर्चा र सफलता बटुल्न सफल भएकी नायिका हुन् नायिका उपासना सिंह ठकुरी । नायिका उपस्नाले चलचिता ‘क्याप्टेन’को सफलता पछी निर्देशक राम बाबु गुरुङको चलचित्र कबद्दी को सिरिज चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा पनि अभिनय गरिसकेकी छिन । जुन चलचित्रको सफलता पछी नायिका उपसना यतिबेला दर्शक हरुको रोजाइ र खोजाइमा पर्ने नायिकामा पर्छिन । एक पछी अर्को गर्दै सफलता सिंडी चड्दै गरेकी उनै नायिका उपासनाले आइतवार आफ्नो २२औं जन्मदिन मनाएकी छिन् । २०५५ साल असोज ४ गते जन्मिएकी नायिका उपासना लाई नेपाली चलाचित्रका चलचित्रकर्मी र उनका शुभचिन्तक हरुले सामाजिक सञ्जालको माध्यम बाट उनलाई ‘बर्थ-डे विस’ गरेका छन् । साथै नयिका उपासनाले पनि आफूलाई जन्मदिनको शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी छन् ।
त्यस्तै कोरोनाको कारण बिगत ६ महिना देखी घर भित्रै रहदै आएकी उनै नायिका उपासना सिंह ठकुरीले लकडाउनको समयमा ३ वटा चलचित्रको स्क्रिप्ट सुनेपनि कुनमा काम गर्ने भन्ने चाही पक्का नगरेकी बताइएको छ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदशनमा आएको  १ बर्ष बितिसक्दा पनि उनि चित्तवुझ्दो कथा नआएसम्म  नयाँ चलचित्रमा साइन नगर्न्ने मनसाय मा रहेको नुझिएको छ । त्यसै गरी आफ्नो २२ औं जन्मदिन साथीहरु र परिवार सँग मनाएकी नायिका उपासनाले दर्शकको मायाका लागि आभार व्यक्त गर्नुका साथै मलाई थाहा छ, दर्शकले मलाई प्रतिक्षा गर्नुभएको छ । यसैले, राम्रो काम सहित आउने सोचका साथ हतार नगरेको बताएकी छिन ।