20th September 2020

नेपाली चलचित्रका प्राविधिक लाई ‘महानायक’ राजेश हमालको आर्थिक सहयोग ।

असोज,४,२०७७ । नेपाली कथानक चलचित्र युग देखी युग सम्म बाट अभिनय यात्रा शुरु गरु नेपाली चलचित्रको बजारमा महानायकको उपाधी पाउन सफल अभिनेता राजेश हमालले । हाल बिश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस बाट प्रभाबित नेपाली चलचित्रका प्राबिधिकहरुलाई आर्थिक सहयोग गरेका छन । नेपाली चलचित्रको बजारमा लामो समय सम्म एक क्षत्र राज गर्न सफल भै नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कोरोनाका कारण दैनिक जीवनयापन गर्न समस्या भएका  १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको बताएका प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले । अभिनेता राजेश हमालले १ सय १३ जना प्राविधिकलाई ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिएका छन । चलचित्र प्राविधिकलाई नेपाली चलचित्रको मेरुदण्ड बताएका अभिनेता हमालले प्राविधिकहरु पर्दा पछाडि बसेर काम गर्नु हुन्छ । कलाकारहरु पर्दा अगाडि देखिएर नाम कमाउँछौं । प्राविधिकहरुको जनशक्ति लाई कसैले देख्दैन । तर, हामी कलाकार उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं । बताएका अभिनेता हमालले कोरोनाका कारण सिर्जना भएको असामान्य परिस्थितिमा प्राविधिकहरुलाई ठूलो प्रभाव परेको पनि बताएका छन ।  साथै आफुले गरेको सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने बताएका अभिनेता हमालले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको पनि बताएका छन् । त्यस्तै उनले यो आफ्नो सानो प्रयास रहेको र कोरोनाले सिर्जना गरेको स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरुलाई अरु पनि सहयोग गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।