18th September 2020

चलचित्र आँधी तुफान २ मा निर्देशक मदन घिमिरे ।

असोज,२,२०७७ । नेपाली चलचित्रको बजारमा अन्य चलचित्रले भन्दा सिरिजले सफलता पाइरहेको समयमा अब यही लहरमा चलचित्र आँधी तुफान २ बन्ने भएको छ ।केही वर्षयता बाट नेपाली चलचित्रको बजारमा सफल चलचित्रको सिक्वेल निर्माणतर्फ नेपाली चलचित्रका निर्माता निर्देशकहरुको आकर्षण बढ्दो रहेको छ । यसै शिशिलामा चलचित्र ‘ए मेरो हजुर’, ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ म यस्तो गीत गाउछु,प्रेम गीत र चपली हाइट लगायतका चलचित्रहरुको सिक्वेल बनिसकेको छ ।जुन चलचित्रहरुले बक्सअफिसमा अन्य चलचित्रको तुलनामा सफलता पनि पाइरहेका छन । यसै क्रममा बर्ष ०६१ मा निर्माण भएको चलचित्र ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँने भएको हो । चलचित्रको छायाकन कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर अहिले फिल्मको प्रि प्रोडक्सन काम भइरहेको छ । जुन चलचित्रका लागी संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए  ।‘आँधी तुफान’ मा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने लाई मुख्य भूमिकामा देख्न पाइएको थियो भने चलचित्र  लेडी एक्सन प्रधान रहेको थियो । तर चलचित्र आँधी तुफानको सिक्वेलमा ‘पुराना कलाकार दोहोरिने सम्भावना कम रहेको चलचित्रका निर्माता तथा लेखक श्रेष्ठ मौनता श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार सकभर अहिलेका चल्तीका अभिनेत्री लिन सक्छौं । यदी उहाँहरुसँग कुरा मिलेन भने पुराना तथा अनुभवी अभिनेत्रीलाई लिनेछौं बताएका छन । यसै क्रममा कलाकार हरु छनौट गरिन बाकी रहेको चलचित्र लाई निर्देशन गर्ने जिम्मा निर्माण टिम ले निर्देशक मदन घिमिरे लाई दिएका छन ।गत बिहिबार विश्वकर्मा पुजाको अवसर पारेर निर्माता श्रेष्ठले आफ्नो फिल्मको निर्देशन जिम्मेवारी घिमिरेलाई दिएका हुन् ।   निर्देशक घिमिरे र निर्माता श्रेष्ठ बिच बिहिबार कागजी सौझौता पनि भएको छ ।  नारी कथानक र सत्य घटनामा आधारित भएर निर्माण हुने बताइएको चलचित्रको कथा मौनताले लकडाउन अवधिमा स्क्रिप्ट तयार पारेका हुन् ।