17th September 2020

अभिनेता भुवन के सी र दिलिप रायमाझी लाई जन्मदिनको शुभकामना ।

असोज,१,२०७७ । नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी र चर्चित नायक दिलिप रायमाझीको आज जन्मदिन परेको छ । नेपाली चलचित्रको बजार र दर्शकहरु माझ सदावहार अभिनेताको रुपमा परिचित भुवन केसीले बिहीवार आफ्नो ६२औं जन्मदिन मनाउँदैछन् । भने नायक दिलिप रायमाझी आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । २०१५ साल असोज १ गते काठमाडौंमा जन्मिएका अभिनेता भुवन के,सी लाई सामाजिक सञ्जालको माध्यमबाट नेपाली चलचित्रका चलचित्रकर्मी र दर्शकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । त्यसै गरी अभिनेता दिलिप रायमाझी लाई पनि चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिइरहेका छन ।तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका अभिनेता भुवनले आफ्नो कलाकारिता यात्रा गायकको रुपमा आफ्नो सुरु गरेका थिए । ‘मायालु तिमी कता छौ ?’ गीत रेकर्ड गराएर नेपाली म्यूजिक भिडियोमा पहिलो मोडल समेत भएका अभिनेताअ भुवनले सन् १९८१ मा चलचित्र  ‘जुनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए ।उनी अभिनित चलचित्र ‘सम्झना’ ‘कुसुमे रुमाल’, ‘सन्तान, कन्यादान, चिनो, दुई थोपा आँशु, करोडपति, नेपाली बाबु, सुपरस्टार’ लगायतका चलचित्रहरु आज पनि दर्शक हरुको मानस पटलमा ताजै रहेको छ ।पछिल्लो पटक चलचित्र ‘मिस्टर नेपाली’ मा देखिएका अभिनेता भुवन एक सफल अभिनेताअको साथ साथै एक सफल निर्माता र निर्देशक पनि रहेका छन ।
त्यसै गरी चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा नायकको रुपमा डेब्यु  गरेका नायक दिलिप रायमाझीले पनि चलचित्र ‘जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी, लहना, धनसम्पत्ती, मलाई माफ गरिदेउ, मुस्कान, पाहुना, दुख, मुग्लान, मिस यू, बाटो मुनिको फूल २, कही कतै, नाई नभन्नु ल ५, लगायतका चलचित्र हरुमा अभिनय गरेर नेपाली चलचित्रको बजार र दर्शकहरु माझ एउटा छुट्टै छाप छोड्न सफल भएका छन ।नेपाली चलचित्रमा सहायक नृत्य निर्देशक भएर काम सुरु गरेका अभिनेता दिलिपले निर्माण र अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ ।नेपाली चलचित्रका यि चर्चित अभिनेता हरु लाई जन्मदिनको शुभकामना ।