16th September 2020

निर्देशक दिनेशको चलचित्रमा नायक प्रदीप खड्का ।

भाद्र,३१,२०७७ ।चलचित्र प्रेम गीत ३ को प्रदशनको पर्खाईमा रहेका निर्माता सन्तोष सेन को नयाँ चलचित्र हुतुतुमा अनुबन्ध भएका नेपाली चलचित्रका स्टार नायक प्रदिप खड्का अर्को एक नयाँ चलचित्रमा अन्बन्ध भएको बताइएको छ ।नेपाली दर्शकहरु माझ निकै लोकप्रिय रहेका नायक प्रदीपले चलचित्र ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरि निर्देशक दिनेश राउतले निर्देशन गर्ने सामाजिक कथाको एक चलचित्रमा अनुबन्ध भएको बताइएको हो । निर्देशक राउतको टिमले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गर्ने तयारी गरे पनि अन्तत अब उक्त प्रोजेक्ट नबन्ने पक्का पक्की जस्तै भएको बताएको छ । जस्ले गर्दा निर्देशक दिनेशले प्रदिपलाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरेका हुन । निर्देशक दिनेश कोरोनाको त्रास्कम भएर सरकारले चलचित्रको छायाकन लागी अनुमती दिए सँगै छायांकन गै सुरु गर्न तयारीमा रहेका छन् । निर्देशक दिनेशले केही बर्ष अगाडि सोचेको चलचित्रको कथा लाई लिएर नायक प्रदिप खड्का पनि उत्साहित देखिएका छन  ।