15th September 2020

प्रधानामंत्री लाई अभिनेत्री गौरी मल्लको आग्रह, देशको भविष्य आजका बालबालिकालाइ चन्दन बनाउनुहोस खुर्पाको बिंड हैन।

भाद्र,३१,२०७७ । बिगत ६ महिना देखी लक डाउन र निषेधाज्ञाको मार खेपिरहेका कलाकारहरुले यतिबेला जारी निषेधाज्ञा र लकडाउनको विकल्प खोज्न सरकारसँग आग्रह गरिरहेको समयमा केहि दिन अघी बरिष्ठ अभिनेत्री गौरी मल्लले पनि रोजीरोटीका लागि भारत फर्किन थालेका नेपालीलाई सरकारको अनुभूति दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दै सामाजिक सञ्जालमा सम्माननीय प्रधानमन्त्रीज्यु ! पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्यो। सानातिना जस्तो हुन्छ रोजगार दिन  तर्फ़ लाग्नु पर्यो।  आफ्ना नागरिकको दुख , समस्या , विपद  बेरोजगारीले निम्त्याएको मानसिक अवस्था संग भिज्नु पर्यो किनकि  समस्या जब सम्म आफ्नो बन्दैन त्यो  कहिले समाधान तर्फ़ बढ्दैन।   यो देश नै तपाईंको घर हो।  हामी जनता नै तपाईंका परिवार हौँ। यो कुरालाई आत्मसात गर्नुहोस।   आफ्नो परिवार छाडेर पलाएन हुने रहर कसैलाई  हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन  जाँदैछन् , उनीहरुको जीवनको रक्षा  गर्ने कर्तव्य पनि  तपाईं कै हो।  सिंहदरबार र वालुवाटार भन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सी कार्य गर्नुहोला।   सम्माननीय प्रधानमन्त्रीज्युमा  मेरो अत्ति विनम्र याचना छ भन्दै लेखेकी थिइन । यसै क्रममा उनै अभिनेत्री गौरी मल्लले फेरी सामाजिक सञ्जाल मार्फत नै राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा यो देश र यो देशको भविष्य आजका बालबालिकालाइ चन्दन बनाउनुहोस प्रधानामंत्रीज्यु ! खुर्पाको  बिंड हैन। भन्दै अगाडी लेखेकी छिन ।
अभिभावक ! अत्ति वजन भएको शब्द  साथै पद अनि सम्मान ।  भनिन्छ नि " बुझ्नेलाई चन्दन नबुझ्नेलाई खुर्पाको बिंड "।  आज राष्ट्रिय बालदिवसको उपलक्षमा सम्माननीय प्रधानमन्त्रीज्युको संदेश  पढ्न र हेर्न पाइयो टेलिविजनहरुका स्क्रिनमा।  जसमा लेखिएको तथा सुनिएको यस्तो थियो "  सरकारले बालबालिकालाइ अभिभावकत्व  प्रदान  गर्छ "।  
सम्माननीय प्रधानमन्त्रीज्यु !बिगत धेरै बर्ष यता देखि तपाईंको यो मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनु भएको संदेश अनुभूति गर्न त के सोच्न सम्म पनि पाएका छैनन् ।  यो कुराको जानकारी छ होला सम्माननीय प्रधानमन्त्रीज्युलाइ ?  मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना , झिना मसिना कुराबाट अनभिज्ञ नै हुनुहुन्छ।  हैन भने यहाँको यस्तो अभिव्यक्तिले जगहँसाई बाहेक अरु केहि  प्राप्त हुने छैन यो मलुकलाई।  
 प्रधान्मंत्रीज्यु ! बिडम्बना त यो छ  कि यो मुलुकमा  नीतिनियम , कानुन , व्यवस्थापन , कार्यक्रम  आदि इत्यादि विभिन्न  प्रयोजन  बन्छन र  सिंहदरबारको  कुनै फाइलमा कैद  हुन्छन अनि सदा झैं जनता माझ पुग्छ केवल सान्त्वना र असिमित  पिडाहरु । यो भन्दा बढी म के लेखुं । । । । ?
आज सम्माननीय प्रधानमंत्रीज्यु लाइ एउटा सानो सुझाव टक्र्याउने धृष्टता गर्दैछु ,यो देशको नागरिकको हैसियतले ।   
" कुनै कुरा नजिकबाट मात्र हैन ,टाढाको दुरबिनबाट पनि नियाल्ने प्रयत्न  गर्नुहोला साथै कुनै कुरा  टाढाबाट मात्र हैन, नजिक गएर अनि नजिक भएर पनि नियाल्ने  प्रयत्न गर्नु होला।  "
यो देश र यो देशको भविष्य आजका बालबालिकालाइ चन्दन बनाउनुहोस प्रधानामंत्रीज्यु ! खुर्पाको  बिंड हैन। 
राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा सम्पूर्ण बालबालिकाहरूलाइ मुरी मुरी बधाई अनि शुभकामना !!🥰
सबैको जय होस् !!!