29th May 2019

अमेरिकाको पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ मा नायिका बिनिता बरालले गरिन विवाह ।

जेठ,१६,२०७६ ।अध्ययनको शिलशिलामा करीब तीन वर्ष अगाडि अमेरिका पुगेकी नायिका बिनिता बरालले गत मंगलवार अमेरिकाको पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ मा विवाह गरेकी छिन ।करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र'चपली हाइट' मा बोल्ड सिन दिएपछि चर्चामा आएकी नायिका विनिता बरालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी हुन ।चलचित्रमा अभिनय गर्दा गर्दै कृषि पेशामा समेत आबद्ध भएकी नायिका बरालले टोखामा १० रोपनी जग्गा भाडामा लिएर केही साथीहरुसँग मिलेर तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा लाई पनि निरन्तरता दिन नसके पछि उनी कृषि पेशा र चलचित्र क्षेत्र लाई त्यागेर अमेरिका गएकी थिइन । नायिका विनिताले विवाहका केही तश्बिरहरु आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छिन्। तश्बिरमा उनी दुलहीको पहिरनमा निकै सुन्दर देखिएकी छन् । सार्वजनिक ति तश्बिरमा श्रीमानसँग खुशी देखिएकी छन् । गएको वर्ष  इन्गेजमेन्ट गरेका यि दुईको विवाह समारोहमा केही निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बताइएको छ ।