14th September 2020

रिसाउनेलाई पनि नायिका आँचलको ‘लभ यू’ ।

भाद्र,२९,२०७७ । नेपाली रजतपटमा निर्देशक बिकाशराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नायिकाको रुपमा देब्यु गर्दै चलचित्र अभिनय यात्रा शुरु गरेकी नायिका हुन आँचल शर्मा । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रबेश गरेकी यि नायिकाले पहिलो चलचित्र बाट नै दर्शक हरुको माया पाउन सफल भएकी थिए । नायिका आँचलले चलचित्र नाइ नभन्नु ल ४ पछी चलचित्र जोनी जेण्टलमेन र शत्रु गते, ब्ल्याक मा अभ्नयाँगरिस्केकी छिन । यसै क्रममा  म्युजिक भिडियो हुँदै नेपाली चलचित्रको बजारमा प्रबेश गरेकी नायिका ले गतबर्षको फागुण महिनामा प्रेमी उदिप श्रेष्ठ सँग बैवाहिक जिवन मा बाधिएकी थिइन । त्यस्तै चैत पहिलो साताबाट लकडाउन भएपछि पुर्णरुपमा थप्प बन्न प्पुगेको नेपाली चलचित्रको बजारमा नायिका आँचल शर्मा पनि यती बेला  फुर्सदिलो भएकी छिन । उनि यो लक डाउनको समयमा श्रीमानको क्लिनिक गएर दिन काट्ने गरिरहेकी छिन ।ग त्यसिअ चैत महिना बाट शुरु भएको लक डाउन गएको श्रावण महिना बाट हटे पछी नायिका आचलले केही म्यूजिक भिडियोमा अभिनयाँ गर्न भ्याएकी थिइन ।तर  कोरोनाको संक्रमण थप भयावह भएपछि राजधानीमा पुन निषेधाज्ञा लागू भए पछि नायिका आचलको  दैनिकी पुन घर र श्रीमानको अफिसमा वितिरहेको छ ।
यसै क्रममा उनै नायिका आचलले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा ‘म हाँसेको देखेर रिसाउनेलाई नि ‘लभ यू’ भनेर लेखेकी छन् । चर्चा र विवादमा छाइरहने नायिका आँचल ले केही समय अगाडि एक अन्तर्वार्तामा तराजुमा टाउको मात्र राखे टाउकोको तौल थाहा हुने भन्दै दिएको जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।