13th September 2020

चलचित्र सम्पादक अनिल गौतमको दुर्घटनामा परी निधन ।

भाद्र,२८,२०७७ ।चलचित्र सम्पादक अनिल गौतमको दुर्घटनामा परी निधन भएको छ । दर्जनौं नेपाली चलचित्रको दृश्य सम्पादन गरेका सम्पादक अनिल गौतमको शुक्रवार साँझ कार्यालयबाट घर फर्किने क्रममा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । लामो समय चलचित्र विकास कम्पनी (एनएफडीसी) को साथै विभिन्न कम्पनीमा पनि आबद्ध भएर चलचित्रको सम्पादकको रुपमा काम गरेका अनिल गौतम पछिल्लो समय प्राइम टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत थिए ।गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१ क ४५६३ को ट्रिपरले कोटेश्वरमा ठक्कर दिएको र सम्पादक गौतमको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । स्थायी घर काठमाडौंको धुम्बाराही मा रहेको  ५२ वर्षीय सम्पादक गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । दुर्घटनापछि उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्याधइएको थियो । उनलाई ठक्कर दिने टिपरका चालकलाई शुक्रवार साँझ नै प्रहरीले पक्राउ गरिसकेको छ ।  गौतमले पछिल्लो पटक सम्पादन गरेको चलचित्र ‘टिन एज’ रहेको छ । लामो समय देखी नेपाली चलचित्रको क्षेत्रमा एक कुशल सम्पादक को रुपमा काम गर्दै आएका अनिल गौतमको निधनप्रति चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।