11th September 2020

अभिनेता जीवन लुईंटेल ३९औं बर्षमा प्रबेश ।

भाद्र,२६,२०७७ । नेपाली कथानक चलचित्र ‘तिर्खा’ बाट नेपाली रजतपटमा ड्ब्यु गरी अभिनय यात्रा सुरु गरेका अभिनेता जीवन लुइटेल लाई नेपाली चलचित्रका दर्शक हरुले काचको पर्दामा देख्न नपाएको पनि लामै समय भैसकेको छ ।नेपाली चलचित्रमा सकृय हुँदै गर्दा अमेरिका मा गए पछी जिवन नेपाली चलचित्रको क्षेत्र र काँच को पर्दा बाट टाढिदै गएका हुन । चलचित्र तिर्खा बाट अभिनय यात्रा शुरु गर्दै चलचित्र ‘नसिब आफ्नो’ बाट लिड अभिनेताको रुपमा उदाएका नायक जिवन लाई नेपाली चलचित्रमा स्थापित गराएको चलचित्र भने निर्द्र्शक  विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल’ रहेको छ ।जुन चलचित्रमा अभिनय गरे पछी नायक जिवन नेपाली दर्शक हरुको नजरमा पर्न सफल भएका थिए ।चलचित्र नाइ नभन्नु ल को सफलता पछी एक समय लभस्टोरी चलचित्र हरुमा निकै छाएका थिए ।उनले त्यस पछी तीन दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरेका छन् । जिवनले चलचित्र म तिम्रो भैसके,भुल भुलैया,काफल पाक्यो,मलाई मन पर्योभ ।रिदम्,राधा लगाएतका चलचित्रहरुमा अभिनय गरी नेपाली दर्शक हरुको मन जित्न सफल भएका थिए ।
पर्दामा लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी अनुहारका धनी उनै अभिनेता जीवन लुईंटेलले गत बिहीवार आफ्नो ३९औं जन्मदिन मनाएका छन् । एक सफल नायकको साथै कवि पनि रहेका चकलेटी अभिनेता जीवन लुईंटेल  २०३८ साल भाद्र २५ गते मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका थिए । केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका अभिनेता जिवन लाई उनको जन्मदिनको अवसरमा चलचित्रकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिएका छन् ।