10th September 2020

नायिका पुजा शर्मा अभिनित 'लिन आउछु भन्थ्यौ' गीतको म्युजिक भिडियो सार्वजनिक ।

भाद्र,२५,२०७७ ।संगीतकार अर्जुन पोखरेलको संगीत र गायिका उर्मिला लाम्गाडे को स्वरमा तयार भएको  'लिन आउछु भन्थ्यौ' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतको भिडियोमा नेपाली चलचित्रको बजारमा निकै रुचाइएकी नायिका पुजा शर्माको अभिनय रहेको छ ।पछिल्लो समय नेपाली चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका कलाकारहरु अभिनित म्युजिक भिडियोहरु सार्वजनिक भैरहेको समयमा कबिराज गहतरजको निर्देशनमा निर्मित 'लिन आउछु भन्थ्यौ' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । पछिल्लो समय नेपाली चलचित्रको बजारमा आफ्नो कलाकारिता बाट छुट्टै पहिचान बनाउन सफल भैरहेका केहि अपबाद बाहेक प्रायः कलाकारहरु यती बेला म्यूजिक भिडियोहरुमा आकर्षित भैरहेका छन । त्यस्तै नायिका पुजा शर्मा अभिनित केहि म्युजिक भिडियो हरु एक पछी अर्को गर्दै सार्वजनिक भैरहेका छन । जुन गीत हरुको भिडियोले चर्चा बटुल्न सफल भैरहेको समयमा दिग्गज धौरालीको शब्द र नायिका पुजा शर्मा र कलाकार राज कटुवालको अभिनय रहेको गीत 'लिन आउँछु भन्थ्यौ' को म्युजिक भिडियो सार्वजनिक भएको हो ।