10th September 2020

बुधबार असमायिक निधन भएका निर्देशक छेतन गुरुङको बौद्ध परम्परा अुनसार अन्त्येष्टि ।

भाद्र,२५,२०७७ ।निर्देशक छेतेन गुरुङको पार्थिव शरिरको यहि भदौ २५ गते अन्तिम संस्कार गरिएको छ । बुधबार निधन भएका उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अुनसार अन्त्येष्टि गरिएको छ । लेखक तथा निर्देशक छेतेनको 
अन्तिम संस्कारमा नेपाली चलचित्रका कलाकार, निर्देशक, लेखक, प्राविधिक, उनका शुभेच्छुक तथा आफन्तहरुको उपस्थिति रहेको थियो । प्रेमकथाका चलचित्र लेख्न सिपालु निर्देशक गुरुङको पहिलो चलचित्र डमरुको डण्डीवियो हो । उक्त चलचित्र व्यवसायिक रुपमा असफल भएपनि उनको निर्देशकिय क्षमताको भने प्रशंसा भएको थियो । उनले सन्तोष सेनसँग मिलेर निर्देशन गरेको चलचित्र प्रेमगीत ३ निक्कै चर्चामा छ । कोरोनाको कारण प्रर्दशन हुन सकेको छैन । उनले धेरै नै आशा गरेको यो चलचित्र प्रर्दशनमा आउनु भन्दा अघि नै उनको निधन भएको छ । ठुला कलाकारहरु लिएर निर्माण गर्न लागिएको चलचित्र हुतुतु को स्क्रिप्ट लेखनमा ब्यस्त रहेका छेतन सन्तोष सेनसँगको सयुक्त निर्देशनमा छिट्टै उत्त चलचित्रको छायांकनको लागि फ्लोरमा जाने तयारीमा थिए । चलचित्र नोभेम्बर रेनको कथा पटकथा र संवाद लेखेर चलचित्र क्षेत्रमा प्रवेश गरेका छेतनले पहिलो चलचित्रबाटै उत्कृष्ट लेखनको अवार्ड पाएका थिए ।