08th September 2020

नायिका बेनिशा हमाल रत्नपार्कमा खाना खुवाउदै । 

भाद्र,२३,२०७७ ।चलचित्र स्वर बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी नायिका हुन बेनिशा हमाल । चलचित्र स्वर हुँदै चलचित्र झ्यानाकुटी, किङ, ब्लाईण्ड रक्स, घर, महशुस,मोक्ष, कालो पोथी लगाएतका चलचित्रहरुमा अभिनय गरेकी नायिका बेनिशाको पछिल्लो प्रदशनमा आएको चलचित्र भने घर रहेको छ ।चलचित्र महशुस कालो पोथी ब्लाईण्ड रक्स जस्ता चलचित्र बाट राम्रै चर्चा बटुल्न सफल भएकी नायिका बेनिशा लाई दर्शक हरुले काचको पर्दामा देख्न नपाएको पनि लामो समय भैसकेको छ । चलचित्र घर मा अभिनय गरे पछी नयाँ चलचित्र मा नदेखिएकी नायिका बेनिशा लाई नेपाली दर्शक हरुले एक कुशल अभिनेत्रीको साथ साथै एक कुशल नृत्याङ्गनाको रुपमा पनि लिने गरेका छन ।नायिका बेनिशाले चलचित्र ब्लाईण्ड रक्स को एक गीतमा गरेको नृत्यले उनि एक अभिनेत्रीको साथ साथै एक कुशल नृत्याङ्गना पनि भएको पुष्टी गर्दछ ।केही म्युजिक भिडियोमा अभिनय गरे पछी चलचित्र स्वर बाट नायिकाको रुपमा नेपाली चलचित्रमा डेब्यु गरेकी नयिका बेनिशा भारतको मुम्बईमा बसेर फिल्म मेकिङ पढिरहेकी थिन । तर लकडाउन शुरु हुनुभन्दा केही दिन अगाडि मात्र नेपाल आएकी नायिका बेनिशा यती बेला नेपाल मै छिन ।  
यसै क्रममा पछिल्लो समय नेपाल मा पनि कोरोनाको संक्रमणले भयावह रुप लिएपछि अहिले देशमा निषेधाज्ञा लागू गरिएको छ । जस्का जसले गर्दा हजारौंको संख्यामा बेरोजगारी बन्न पुगेका छन । साथै बेरोजगारी बन्न पुगे सँगै बिहान बेलुका हातमुख जोर्न समस्या भएका हरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । जुन कार्यमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिइरहेका छन् । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँडेका थिए । यसै क्रम मा गत सोमवारबाट सोही अभियान लाई साथ दिदै नायिका बेनिशा हमाल पनि रत्नपार्क पुगेर खाना बाँड्न सहयोग गरेकी छन् । रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा नायिका हमालले  सोमवार रत्नपार्कमा भोकाहरुलाई खाना बाँडेकी हुन् । फेसबुकमा यो कुरा उल्लेख गर्दै उनले भोली पनि आफू सहभागी हुने बताउदै सामाजिक सञ्जालमा लेखेकी छिन ।  बाडेर खानेको पेट कहिले पनि खालि हुदैन ।  रोयल कोल्याबरेटिब्स सङ्गको सहकार्यमा आझ बिहानको खाना खुबाउने क्रममा रत्नपार्कमा ।  भोलि फेरि भेटौला । सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि मनहरुलाइ धेरै धेरै धन्यबाद ।