07th September 2020

नेपाली चलचित्रका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन ।

भाद्र,२२,२०७७ ।नेपाली चलचित्रका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन भएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा क्र्याशिल रही सयभन्दा बढी चलचित्रहरुमा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको गत शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा उपचारको क्रममा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । चलचित्र द्रन्द कलाकार को साथ साथै निर्माता समेत रहेका ५४ वर्षका पुजारी घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए ।  उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ । चर्चित द्रन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीले द्रन्द निर्देशन गरेका प्रायः चलचित्रहरुमा अभिनय गरेका पुजारी लाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका व्यक्तिसँगै प्राविधिक, निर्माता तथा निर्देशकहरु पुगेका थिए । पुजारीले नेपाली चलचित्र क्षेत्रलाई अतुलनीय योगदान पुर्यारएको भन्दै विभिन्न फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै द्रन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीले पनि सामाजिक सञ्जाल फेसबुकमा उनलाई श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मनपर्ने द्वन्द्व कलाकारको निधनले दुखी भएको उल्लेख गरेका छन् ।