06th September 2020

नायिका निरिषा चिनिया युवतीको भूमिकामा ।

भाद्र,२१,२०७७ ।नेपाली कथानक चलचित्र जानी नजानीमा अभिनयाँ गरेर नेपाली रजतपटमा नायिका को रुपमा डेब्यु गरेकी नायिका हुन निरिषा बस्नेत ।लामो समय देखी मुम्बईमा रहेर बलिवूड चलचित्रमा डेब्यु गर्नको लागी सघर्ष गरिरहेकी नायिका निरिषाले केहि भारतीय सिरियल हरुमा अभिनय गरिसकेकी छिन । यसै क्रममा नेपाली चलचित्र जानी नजानी मा अभिनयाँ गरे पछी पुन मुम्बईमा रहदै आएकी नायिका निरिष लाई अब फेरिएक नयाँ भारतीय सिरियल मा देख्न पाइने भएको छ । यस अघी चर्चित भारतीय सिरियल चन्द्र नन्दिनीमा समेत अभिनय गरेकी नायिका निरिषा लाई अब हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा देख्न पाइने भएको हो ।जुन सिरियल मा नायिका निरिशलाई केमियो भूमिका मा देख्न पाइने छ ।यसै क्रमआ नायिका निरिशले तीन बर्षा पछी भारतीय  सिरियल कम ब्याक गरेको ‘तेनाली रामा’ को प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने  सिरियलमा आफूले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी दिँदै नायिका निरिषाले  ‘मेरो क्यारेक्टर चीनको हिङडोङ्ग राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँने बताएकी छिन । सार्वजनिक सिरियलको प्रोमोमा नायिका निरिशालाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ । त्यस्तै, उनको संवाद बोल्ने शैली र हाउभाउ निकै रोचक रहेको छ । तेनाली रामा लाई  अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ भने निरिशाले आफ्नो भागको छायांकन पूरा गरिसकेकी छन् ।