29th May 2019

चलचित्र 'पोइ पर्यो  काले'को पोखरा बाट छाँयाकन शुरु ।

जेठ,१५,२०७६ ।नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र नायक आकाश श्रेष्ठ र सौगात मल्ल को मुख्य भूमिका रहेको चलचित्र पोइ पर्यो  काले को छाँयाकन पोखरा बाट शुरु गरिएको छ ।यस अघी चलचित्र  राम कहाँनि,सम्हलिन्छ कहिले मन मा जोडी बाढी सकेका पुरा र आकाश र रियल जोडी सौगात र सृश्टी अभिनित उक्त चलचित्रको बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूरा गरेपछि फिल्मको औपचारिक रुपमा छायांकन सुरु भएको हो ।नायिका पूजा शर्मा र नायक सौगात मल्ल लाई श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने उक्त चलचित्र सौगातकै वरिपरि चलचित्रको मूल कथा घुम्ने पनि बताइएको छ । आउँदो कात्तिक ८ गते दिपावलीमा मुलुकभर प्रदर्शनमा आउने बताइएको उक्त चलचित्रमा सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहने छ । शिशिर राणाको निर्देशन रहेको उक्त चलचित्रमा कथा पनि उनी स्वयंको रहेको छ । शिव ढकालको छाँयाकन रहने चलचित्र पोइ पर्योच काले मा रघु परियार र हरि उप्रेतीको गीत,सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत,कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी,तारा प्रकाश 'किम्भे' को सम्पादन रहने छ ।श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको उक्त चलचित्रम दिपक मनाङ्गे र अ, देवि राई निर्माता,किरण नेपाली र रधु परियार कार्यकारी निर्मातामा अर्जुन खनिया र देव तामाङ सह-निर्मातामा रहेका छन् । चलचित्र‘पोइ पर्योी काले’ कमेडी कथावस्तुमा आधारित भएर बन्न लागेको चलचित्रका निर्देशक शिशिर राणाले बताएका छन ।