04th September 2020

प्रेम गीतका निर्माता सेनको नयाँ चलचित्र हुतुतु मा प्रदीप पलको साथमा साम्राज्ञीको पनि चर्चा ।

भाद्र,१९,२०७७ । दर्शकहरु माझ बहुप्रतिक्षित बन्न सफल भै रहेको चलचित्र ‘प्रेम गीत–३’ को प्रदशनको पर्खाइमा रहेका निर्माता सन्तोष सेन यती बेला भने नयाँ चलचित्र हुतुतुको तयारीमा जुटेका छन । जुन चलचित्रको छायाकन  चितवन, लमजुङ, मलेसिया, इन्डोनेसयालगायतको स्थानमा हुने पनि बताइएको छ । कमेडी जनरामा निर्माण हुने बताइएको उक्त चलचित्रमा नायक पल शाह प्रदीप खड्क देखी लिएर नेपाली चलचित्रका बरिष्ठ हाश्य कलाकार हरिवंश आचार्यको सम्मको अभिनय रहने छ ।  चलचित्र ‘हुतुतु’ को छायांकन आगामी महिनाबाट गर्ने भनिए पनि कोरोनाको अवस्था हेरेर मात्र युनिट फ्लोरमा जाने निर्माता तथ निर्देशक सन्तोषले बताएका छन् । ठूलो लागतमा निर्माण हुन लागेको चलचित्रका लागी निर्माण टिमले हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेन सँग कागजी सम्झौता गरिसकेको पनि बताइएको छ । महिला कलाकार भने फाइनल गर्न बाकी रहेको उक्त चलचित्रका लागी निर्माण पक्षको रोजाइमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह परेको बताइएको छ । निर्माता सेनले भने, 'चलचित्रमा एक जना मात्रै नायिका हुने र नायिका भूमिका पनि चुनौतीपूर्ण रहेको र नायिकाको खोजी गर्दै जादा नायिका  साम्राज्ञीको नाम आएको हो तर उहाँसँग सम्झौता भने भैनसकेको पनि बताएका छन ।नै भएको भने होइन । साथै निर्माता सेनले चलचित्रको लागि नायिकाले लामो समय दिनुपर्ने र 'भूमिका चुनौतीपूर्ण भएका कारण त्यसलाई न्याय गर्ने हिसाबमा हामीले अभिनेत्रीलाई काम गराउनुपर्ने हुन्छ ।  त्यसको लागि हामीले धेरै समय लिन्छौँ',र 'साम्राज्ञीले हामीलाई समय दिन सक्नुभयो भने उहाँसँग कुरा अगाडि बढाउने छौँ बताएका छन । निर्माता सेनकै कथामा बन्न लागेको हुतुतुलाई सन्तोष र छेतेनले निर्देशन गर्नेछन् । चलचित्रलाई निर्देशक गुरुङ र अभिमन्यु निरवीले लेख्दैछन् ।