03rd September 2020

‘लभ सुत्र’ मा संजोग कोइराला , नायिका शिल्पा मास्के र रविन्द्र झा।

भाद्र,१८,२०७७ ।ओम प्रकाश अग्रवाल र विनय श्रेष्ठको निर्माण निर्मित ‘लभ सुत्र’ सिरिजमा नायकद्धय विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्के लाई देख्न पाइने भएको छ ।५ एपिसोडको वेव सिरिज  ‘लभ सुत्र’ मा सुरक्षा पन्त, रविन्द्र झा, साजन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहने बताइएको छ । करिब एक सातासम्म छायांकन भएको उक्त सिरिजको काम हाल दोश्रो चरणको लकडाउन भएपछि  रोकिन पुगेको पनि बताइएको छ । प्रेमको कथा लाई प्रस्तुत गरिएकी यस सिरिजमा बाबु श्रेष्ठको छायांकन,निमेष श्रेष्ठको सम्पादन रहने छ । कोरोनाको कारण नेपाली चलचित्र हरु प्रदशन हुँदै आएका सिनेमा हल हरु कहिले बाट खुल्ने कुनै टुंगो नभएपछि यती बेला केही निर्देशकहरु वेव सिरिजको निर्माणमा ब्यस्त बनिरहेका छन ।