02nd September 2020

निर्देशक यम थापाको नयाँ चलचित्रमा नायिका स्वेता खड्का अनुबन्ध, आमाको भूमिकामा देखिँदै ।

भाद्र,१७,२०७७ । निर्देशक यम थापाको निर्देशनमा बन्न लागेको एक नयाँ चलचित्रमा नायिका स्वेता खड्का लाई देख्न पाइने भएको बताइएको छ ।पछिल्लो पटक चलचित्र ‘कान्छी’ मा देखिएकी नायिका स्वेता खड्का लाई चलचित्र ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ को निर्देशन गरिसकेका निर्देशक यम थापाको उक्त नयाँ चलचित्रमा आमाको भूमिकामा देख्न पाइने पनि बताइएको छ । आफ्नै प्रोडक्सन हाउसबाट नयाँ चलचित्र निर्माणको लागी तयारी रहेकी नायिका स्वेतालाई निर्देशक थापाले पहिला अतिथी भूमिकाका लागि एउटा फिल्म अफर गरेको तर, उनले उक्त चलचित्र गर्न अस्वीकार गरेपछि निर्देशक यमले फेरी स्वेतालाई नयाँ कथा सुनाएका थिए । जुन ‘कथा राम्रो लागेपछि नायिका स्वेताले काम गर्नका लागि सहमति जनाएको बताइएको छ । साथै नायिका स्वेताले कोरोना महामारीपछि यही चलचित्रमा काम गर्ने त्यस पछी मात्र  आफ्नै प्रोडक्सन हाउसबाट नयाँ चलचित्र निर्माण गर्ने पनि बताएकी छिन ।डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ कोहिनूर र कान्छीमा  लभर गर्लको भूमिकामा देखिँदै आएकी नायिका श्वेतालाई पहिलो पटक भिन्न भूमिकामा देख्न पाइने उक्त चलचित्रका लागी छोरीको भूमिकामा बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने तयारीमा निर्माण टिम रहेको पनि बताइएको छ ।
आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने चलचित्रको छायाँकन कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै सुरु हुने पनि बताइएको छ। त्यसैग रि चलचित्रमा नायिका स्वेता खड्काको आमाको भूमिका भए पनि चलचित्रमा उनि केन्द्रिय भूमिकामा रहने  बताएका निर्देशक थापा यती बेला स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका छन ।कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई आशाबादी बनाउन जरुरि रहेका कारण आफु यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताएबा थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केही समयमा गराउने बताएका छन्।