01st September 2020

नायिका पुजा शर्मा नायक पल शाहको ‘पहिलो पल्ट भेट हुँदा’ ।

भाद्र,१६,२०७७ । नेपाली चलचित्रको बजारमा चलचित्र प्रेम गीत बाट चर्चामा आएकी नायिका हुन नायिका पुजा शर्मा त्यसै गरी निर्देशक बिकासराज आचार्यको निर्मण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली रजतपटमा डेब्यु गर्दै चर्चामा आएका नायक हुन नायक पल शाह । नायिका पुजा शर्मा र नायक पल शाह पछिल्लो समय दर्शकहरुले निकै रुचाएका र दर्शकहरुको पहिलो रोजाईमा पर्न सफल नायक नायिकामा पर्दछन । यि नायक नायिकाले पहिलो पटक निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र म यस्तो गीत गाउछु मा एक साथ अभिनय गरेका थिए । जुन चलचित्रले दर्शक हरुको मन जित्दै लामो समय सम्म नेपाली चलचित्रको बजारमा देखिदै आएको खडेरीलाई चिर्न सफल भएको थियो । चलचित्र म यस्तो गीत गाउछु  को प्रदशन पश्चात थप चर्चा बटुल्दै दर्शक हरुको माया पाउन सफल यि नायक नायिकाले त्यस पछी अभिनय गरेका  चलचित्रहरुले पनि दर्शकको उत्साह जनक साथ पाउन सफल भएका छन ।नायिका पुजाले चलचित्र म यस्तो गीत गाउछु पछी चलचित्र राम कहानी, पोइ पर्‍यो काले, सम्झना बिर्सना, मन परेसी, म यस्तो गीत गाउछु २, सम्हालिन्छ कहिले मन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।नायिका पुजा अभिनित यि चलचित्रहरु मध्य चलचित्र सम्झना बिर्सना, सम्हालिन्छ कहिले मन र म यस्तो गीत गाउछु २ प्रदशन को तयारीमा रहेको छ भने चलचित्र मन परेसी निर्माण कै क्रममा रहेको छ । साथै उनि यतिबेला नयाँ चलचित्रको तयारीमा रहेकी पनि बुझिएको छ ।

त्यसै गरी नायक पल शाहले पनि चलचित्र म यस्तो गीत गाउछु पछी चलचित्र जोनी जेण्टलमेन, बिर बिक्रम २, सत्रुगते मा अभिनय गरिसकेका छन भने उनि अभिनित पछिल्लो चलचित्र दुइ नंबरी निर्माण कै क्रममा रहेको छ ।यसै क्रममा दोस्रो पटक एक साथ अभिनय गरेका नायिका पुजा शर्मा र नायक पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ प्रदशन को पर्खाइमा रहेको समयमा यि नायक नायिका अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । पहिलो पटक म्युजिक भिडियोमा एकसाथ देखिएका पल शाह र पूजा शर्मा अभिनित उक्त ‘पहिलो पल्ट भेट हुँदा’ बोलको गीतमा रचना रिमाल र सरोज वलीको स्वर,दिनेश थपलियाको शब्द  र संगीत्कार अर्जुन पोखरेलको संगीत,नवराज उप्रेतीको छायांकन,अमन मानन्धरको सम्पादन,कविराज गहतराजको निर्देशन रहेको छ ।