31st August 2020

अभिनेता राज बल्लभ कोइराला लाई चलचित्रमा फर्कन चलचित्रकर्मी कै आग्रह । 

भाद्र,१५,२०७७ ।अभिनेता राजबल्लभ कोइराला लाई गत आइतवार परेको जन्मदिनको अवसरमा शुभकामना दिदै नेपाली चलचित्रका केहि चलचित्रकर्मीहरुले उनलाई नेपाली चलचित्र क्षेत्रमा पुन फर्किन आग्रह गरेका छन् । चलचित्र पर्खी बसे, सम्झी दिए पुग्छ,छोडी गए पाप लाग्ला,पहिलो पहिलो माया,अपबाद,फुल्,मसान्,प्रितीको फुल,ऋतु, पल, सम्झना लगाएतका चलचित्र हरुमा अभिनय गरी नेपाली चलचित्र प्रेमी दर्शक हरुको नजरमा एउटा छुट्टै पहिचान बनाउन सफल  ।  र कुनै समय लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी नायक कोइराला लाई अभिनेता जीवन लुईंटेल, अभिनेत्री रेखा थापालगायत फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिदै उनलाई चलचित्रमा फर्किन आग्रह गरेका हुन ।  पछिल्लो पटक दीपक-दीपा समुहको चलहित्र ‘छ एकान छ’ मा देखिएका अभिनेता कोइराला चलचित्र ‘हाइवे टु धुम्पुस’ को छायांकनका लागि अमेरिका गएपछि उनले अभिनयबाट दूरी बनाएका हुन् । यसै क्रममा राम्रो चलचित्र बाट प्रस्ताव आए नेपाल फर्किएर काम गर्ने बताउने गरेका अभिनेता कोइरालाले चलचित्र ‘राघव’ बाट निर्माता समेत बनेका थिए । तर, उक्त चलचित्र सिनेमा घरमा प्रदशन हुन सकेको छैन । अभिनय कलाका धनी  राजबल्लभ अमेरिकामा आइटी कम्पनीमा काम गर्दै आइरहेका छन । २०७४ सालमा लगनगाँठो कसेका उनी एक सन्तानका पिता समेत भइसकेका छन् ।