30th August 2020

नेपाल आइडल सिजन ३ को ग्रान्ड फिनालेमा सज्जा चौंलागाईं विजेता बन्न सफल ।

भाद्र,१४,२०७७ ।गत शुक्रबार सम्पन्न भएको नेपाल आइडल सिजन ३ को ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै नेपाल आइडल कै इतिहासमै पहिलो पटक सज्जा चौंलागाईं विजेता  बन्न सफल भएकी छिन् । बिश्वलाई नै आक्रान्त बनाइरहेको कोरोनाका कारण सामाजिक दूरी कायम गर्दै स्टुडियोमै सम्पन्न भएको ग्रान्ड फिनालेमा सज्जा चौंलागाईं विजेता बन्न सफल भए सँगै उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छिन ।साथै फष्ट रनरअप प्रविण वेडुवाल र रनरअप किरणले  क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । स्मरण रहोस नेपाल आइडलको पहिलो सिजनमा बुद्ध लामा र दोस्रोमा रवि ओड  विजेता बन्न सफल भएका थिए ।