28th August 2020

चलचित्र हिजो आजका कुराका निर्देशक साकार पन्त बैबाहिक जीवनमा बाँधिदै ।

भाद्र,१२,२०७७ । चलचित्र हिजो आजका कुराका निर्देशक साकार पन्त बैबाहिक जीवनमा बाँधिने भएका छन् । निर्देशक पन्त सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफुले आयुशी खनालसँग बिवाह गर्न लागेको कुरा जानकारी गराएका हुन् । स्टाटसमा उनि लेख्छन् – जीवनका विभिन्न महत्वपुर्ण पल मध्ये बैवाहिक जीवन शुरु गर्नु र त्यसमा जीवन साथी भै एकअर्कालाई साथ दिने प्रण गर्दै म र आयुशी खनाल अब बिवाह बन्धनमा बाँधिने भनि हिजो कुरा छिन्ने कार्य सम्पन्न गरियो । स्टाटसमा उनि अगाडी लेख्छन् – यस महामारीको बिचमा सम्पन्न गर्न पर्ने परिस्थितिमा हामीले हाम्रो मान्यजन इष्टमित्र शुभचिन्तकहरुलाई सहभागी गराउन असमर्थ रह्यौ । यद्पीले उनले सबैबाट माया र आर्शिवाद आफुहरुले पाइरहने आशा गरेका छन् । चर्चित कालाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यु निर्देशन रहेको चलचित्र हिजो आजका कुरा निर्माण सम्पन्न भएर पनि कोरोनाको कारण सार्वजानिक प्रदर्शन हुन सकेको छैन । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, रिचा शर्मा रिमा विश्वकर्मा जेविका कार्की रमेश अधिकारी आदिको अभिनय रहेको छ ।