27th August 2020

नायिका अदिती बुढाथोकी को पञ्जाबी गीतको भिडियो सार्वजनिक ।

भाद्र,११,२०७७ ।भारतीय फिल्मी नगरी मुम्बईमा बसेर बलिवूड प्रबेशको लागि लामो समय देखी सघर्ष गर्दै आएकी नेपाली चलचित्रकी नायिका अदिती बुढाथोकी अभिनित एक पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी अभिनीत चलचित्र‘कृ’ बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकी अभिनित्‘रुसिया लग्दानी’ बोलको गीतमा पञ्जाबका चर्चित गायक राहुल लखनपालको स्वर रहेको छ । साथै उक्त गीतको भिडियोमा नायिका अदितीले गायक राहुलसँग रोमान्स गरेकी छन् । भिडियोमा राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्तगरेको भिडियोमा नायिका अदितिले गरेको अभिनय लाई दर्शकहरुले रुचाएका छन् ।