26th August 2020

महानायक हमालले छ सय प्राबिधिक हरुको कोरोना बिमा गरी दिने ।

भाद्र,१०,२०७७ । नेपाली चलचित्रका महानायक राजेश हमालले नेपाली चलचित्र प्राविधिकहरुको कोरोना बीमा गरिदिने भएका छन् । महनायक हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको बीमा गरिदिन लागेका हुन् । साथै हमालले प्राविधिक हरुको कोरोना बीमाका लागि  प्राविधिक संघ सँग प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको पनि बताइएको छ ।साथै महानायक राजेशअ हमालले कोरोना बिमाको लागी प्राविधिक संघ सँग प्राविधिकहरुको नामावली माग गरे पछी संघका पदाधिकारीहरुको नामावली दिन को लागी केइ दिन मै बैठक बस्ने तयारीमा रहेको पनि बताइएको छ ।
गत सोमवार महानायक राजेश हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई जनही ५ हजारको दरले आर्थिक सहयोग गर्ने खबर बाहिर आएको थियो । तर यस विषयमा प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले बताए अनुसार ‘निषेधाज्ञा भन्दा अगाडि राजेश दाईले सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । तर सँघ का तर्फ बाट हामीले कोरोना बीमाका लागि आग्रह गरेपछि उहाँ यसमा पनि सहमत हुनुभयो बताएका छन । साथै लामाका अनुसार, अभिनेता हमालले कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने पनि अभिनेता हमालले वचन दिएको बताइएको छ । उनका अनुसार अभिनेता‘ राजेश हमालले अधिकांश प्राविधिकसँग काम गरिसकेको र हमाल बाट प्राविधिकहरुले पनि ठूलो आश गरेको अवस्थामा  महानायक हमालले छ सय जना  प्राविधिकहरुको कोरोना बिमा गरिदिन लागेका हुन । साथै हमालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेपछि यती बेला चलचित्र प्राविधिकहरुको मुहारमा खुसी छाएको पनि बताइएको छ ।
कोरोनाका कारण जारी लकडाउनले रोजीरोटी गुमेका प्राविधिकलाई नेपाली चलचित्रको क्षेत्रमा  महानायक को उपाधी पाएका हमालले कुनै प्रकारको सहयोग नगरेको भन्दै केहि चलचित्रकर्मी हरु असन्तुष्ट देखिदै आएका थिए ।यसै कर्ममा ‘महानायक’ हमालले कोरोना बिमा गरी दिन प्राबिधिक हरुको नामावली मागे सँगै प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारीमा रहेको पनि बताइएको छ ।