28th May 2019

नायिका करिश्मा मानन्धरले छाडिन डा:बाबुराम भट्टराइको नयाँ शक्ती पार्टी ।

जेठ,१४,२०७६ ।नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर पछिल्लो समयमा राजनितिमा पनि सकृय रहदै आएकी थिइन ।नायिका करिश्मा मानन्धरले डा:बाबुराम भट्टराइको पार्टी नयाँ शक्ती पार्टीमा प्रबेश गरेर राजनितिमा पनि चलचित्रमा झै आफ्नो चम्किलो उपस्थित जनाउने तयारीमा रहेकी थिइन ।तर चार वर्ष अघि २०७२ सालमा डा:बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेको घोषणा गरेकी छिन् । नायिका करिश्माले सोमबार मात्रै आफु उक्त पार्टीमा नरहने घोषणा गरेकी हुन् ।एसइइ परिक्षा दिएर फुर्सदमा रहेकी नायिका करिश्मा, डा:बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको एकता भएपछि नायिका करिश्मा निष्क्रिय जस्तै थिइन् । एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी नायिका करिश्माले लिखित रुपमा भने पार्टी बाट राजीनामा दिन बाँकी रहेको बताएकी छिन । साथै नायिका करिश्माले स्रोत लाई आफ्ना केही व्यक्तिगत महत्वपुर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको बताएकी छिन्।