25th August 2020

नायिका बर्षा शिवाकोटी भन्छिन आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ ।

भाद्र,९,२०७७ । चीनको वुहान शहर बाट शुरु भएको कोरोना भाइरसले बिश्वलाई नै आक्रान्त बनाइ रहेको समयमा र कोरोनाले नेपाललाई पनि संकटमा पारिरहेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढिरहेको समयमा यतिबेला आम मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । यसै क्रममा यो भय र त्रासको समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी माथी माथी गत शनिवार अमानबिय ब्यवहार भएको समाचार आए पछी यती बेला यस घट्ना लाई लिएर चौतर्फी बिरोध र आलोचना भैरहेको छ ।बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरेको भन्दै उक्त घट्ना लाई लिएर आम मानिस को साथ साथै नेपाली चलचित्रका चलचित्रकर्मीहरुले पनि स्वास्थ्यकर्मीमाथि भएको त्यसप्रकारको दुर्व्यवहारको निन्दा गरेका छन् । यसै क्रममा नायिका वर्षा सिवाकोटीले उक्त घट्नको बिरोध गर्दै कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरुको सम्मान गर्न आग्रह गरेकी छिन् । उनले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताउदै अगाडी लेखेकी छिन ।

“ सानो अनुरोध​ “संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ​। यो महामारी नेपालमा पनि १-२ को संख्याबाट​आज सयौँ र हजारौँको संख्यामा दिनानुदिन बढिरहेको छ​। क्वारेन्टिन​, आईसोलेसन​, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै ग​एका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ​। यस्तो जटिल परिस्थितीमा एक- अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ​। केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ संक्रमितको स्याहारमा लाग्नुहुने डाक्टर​, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ​। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने फ्रोन्त लिने वोर्केर्स लाई सम्मान गर्ने गरौँ। आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ। धन्यवाद 

त्यसै गरी महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज शिर्षक रहेको एक समाचार सेयर गर्दै नायिका केकी अधिकारीले पनि उक्त घट्न को बिरोध गर्दै लेखेकी छिन ।विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।  हामी यति पाखन्डी कसरी भयौं ? यही सिकाउने हो त अब अर्को पुस्तालाई