24th August 2020

चलचित्र चिसो मान्छे अर्को वर्षको भदौ ११ गते प्रदर्शनमा आउने ।

भाद्र,८,२०७७ ।निर्देशक दीपेन्द्र के खनालको निर्देशन र निर्मात्री शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको चलचित्र चिसो मान्छेको निर्माण टिमले चलचित्र फ्लोरमा जानु अगावै चलचित्रको प्रदशन मिती तय गरेको छ ।एक साथ दुइ चलचित्र चिसो मान्छे र लक डाउनको निर्माण घोषणा गरेका निर्देशक दीपेन्द्र र निर्मात्री शर्मिला पाण्डेले चलचित्र चिसो मान्छे लाई अर्को वर्षको भदौ ११ गते प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ । गत बर्षको चैत महिना बाट कोरोनाको त्रासका कारण देश लक डाउन भए सँगै ठप्प रहेको नेपाली चलचित्रको बजारमा एक साथ दुइ चलचित्रको निर्माण घोशणा गरेकाअ निर्माता शर्मिला पाण्डे र निर्देशक खनालले निर्माण गरेको पछिल्लो चलचित्र आमा रहेको छ ।जुन चलचित्र सम्पुर्ण आमाहरुमा समर्पित रहेको थियो ।
चलचित्र चिसो मान्छे लाई घाममा छायाकन नगर्ने बताएका निर्देशक खनालले चलचित्र चिसो मान्छेले “कोभिड–१९ ले सिर्जना गरेको व्यक्ति–व्यक्तिबीचको चिसो सम्बन्ध ,विस्तारै हाम्रो समाज कसरी चिसो हुँदै छ भन्ने कथा लाई समेट्ने बताएका छन । साथ उनले एकले अर्कोलाई गर्ने सहयोग कम हुँदै गएको ,समाजमा धोकाधडी मौलाउँदै गएको र इख र इष्र्या हाबी हुँदै गैरहेको समयमा यसले मानव सभ्यतामै कसरी बदलाव आउँदै छ र यसको असर चलचित्रको मुख्य कथानक हुने पनि बताएका छन ।