23rd August 2020

नायिका निताको श्रीगणेश भजन सार्वजनिक ।

भाद्र,७,२०७७ ।नायिका बाट गायिका बनेकी नायिका नीता ढुङ्गानाले स्वर भरेको ‘श्री गणेश भजन’ को भिडियोको सार्वजनिक भएको छ । नायिका हुँदै गायन यात्रामा हात अगाडि बढाएकी नायिका ढुंगानाको श्री गणेशअ भजनको भिडियोमा नायिका ढुंगानाको नै अभिनय रहेको छ ।भने भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । संजय लामाको छायांकन रहेको भिडियोमा बनिष शाहको सम्पादन रहेको छ । गत वर्ष प्रदशनमा आएको चलचित्र ‘रातो टिका निधारमा’ र ‘साइनो’ मा पछिल्लो पटक देखिएकी नायिका निताको उक्त गीतको भिडियोमा भिडियोमा नीताको साथमा सुनिल सिटौला, अम्सु पोखरेल, अनुष्का पोखरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । भिडियोको मेकिङमा विशेष ध्यान दिइएको भिडियो निर्माणका लागि नायिका नीताले ठुलो खर्च गरेर सेट नै तयार पारेकी छिन । बाहिरी ब्यानरका चलचित्रहरुमा अभिनय गरेर खासै सफलता पाइन असफल भएकी नायिका निता आफै चलचित्र निर्माण गर्ने तयारीमा पनि जुटेकी छिन ।उनले आफ्नै होम प्रोडक्सन बाट निर्मान गर्न लागेको चलचित्रको नाम माया रहेको बुझिएको छ ।जुन चलचित्रको काम हाल कोरोना करहले गर्दा रोकिन पुगेको छ ।
श्रीगणेश भजनको  भिडियो लाई आफ्नै च्यानल नवनीता इन्टरटेन्मेन्टमार्फत रिलिज गरेकी  निताले ‘हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सोख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहिबाट सुरु गरेँ ।’ उनले नेपाली संस्कार अनुसार प्रायः काम सुरुगर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहि अनुसार आफुले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताएकी छिन्।