21st August 2020

गायक शिबेश श्रेष्ठको कती दिन बित्यो सार्वजनिक ।

भाद्र,५,२०७७ ।कोरोनाको त्रास सँगै अस्तब्यस्त बन्न पुगेको नेपाली गीत संगीतको बजार,लक डाउन लुज डाउनमा परिणत भए सँगै पुन चलमलाउन थालेको अनुमान गर्न थालिएको छ ।गत बर्षको चैत महिना बाट शुरु भएको लकडाउन गएको असार महिना बाट लुजडाउनमा परिणत भए सँगै यती बेला नेपाली गीत संगीतको बजारमा नयाँ नयाँ गीत संगीत सार्वजनिक भैरहेका छन ।यसै क्रममा नेपाली नारिहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर गायक शिबेश श्रेष्ठको आवाजमा तयार भएको गीत कती दिन बित्यो बोल रहेको गीत लाई सार्वजनिक गरिएको छ । देव बज्राचार्यको शब्द रहेको गीतमा द्वारिका लाल जोशीको संगीत रहेको छ । अनिल शाहिको निर्देशनमा एक युगल जोडीको माया प्रेम लाई पर्दा मा उतारिएको उक्त गीतको म्युजिक भिडियोमा अनिल शाही र संज्ञा श्रेष्ठको अभिनय रहेको छ ।गीतकार देव बज्राचार्यको मायाबी शब्द हरु रहेको गीतको भिडियोमा सोहन मामन्धरको छायाँकन र सम्पादन रहेको छ ।