21st August 2020

राहत लिएर कालिकोट पुगे नायक पल शाह ।  

भाद्र,५,२०७७ । म्युजिक भिडियो हुँदै निर्देशक बिकासराज आचार्यको निर्माण र निर्देशनमा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गर्दै म्युजिक भिडियोको साथसाथै चलचित्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका नायक हुन नायक पल शाह । म्युजिक भिडियो बटै दर्शक हरुको नजरमा पर्न सफल हुँदै चलचित्रमा प्रबेश गरेका नायक पल शाहले चलचित्र नाइ नभन्नु ल ४ पछी म यस्तो गीत गाउछु , जोनी जेण्टल मेन्, शत्रु गते, बिर बिक्रम २ लगाएतका चलचित्रमा अभिनय गरिसकेका छन ।उनी अभिनित पछिल्लो चलचित्र म यस्तो गीत गाउँछु २ प्रदशन को पर्खाइमा रहेको छ भने चलचित्र दुइ नंबारेए निर्माणको क्रममा रहेको छ ।जुन चलचित्रको छायाकन कोरोना भाइरसको कारण प्रभाबित बन्न पुगेको छ । पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छायाकनमा ब्यस्त बन्दै आएक पल शाह लाई यती बेला दर्शक हरुले धेरै खोजी गर्ने नायकको रुपमा पनि लिइने गरिएको छ ।यसै क्रममा कोरोना भाइरसको कारण देश लक डाउन भए सँगै अभिनयको साथसाथै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका नायक पलले लक डाउन बाट प्रभाबित चलचित्र प्रबिधिक का परिवार लाई पाँच लाख बाराअबरको खाद्यान्न सहयोग गरेका थिए ।त्यस्तै गरी लकडाउन खुलेपछि म्यूजिक भिडियोको छायाकनमा व्यस्त ब्यस्त बन्दै आएका उनै मन्कारी नायक पल शाह यती बेला कालिकोट तर्फ लागेका छन् । नायक पल शाह कोरोनाको यो माहामारीमा कालिकोट तर्फ  जानुमा कुनै न त कुनै चलचित्रको छायाकन को लागी हो न त कुनै म्युजिक भिडियोको छायाकन का लागी नै हो उनि त्यहाँ पनि सहयोग लिएर गएका हुन ।कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि नायक पल शाह गत बुधवाअर खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् । पलले कालीकोट पुगेर बाढी पहिरोका कारण समस्यामा परेका हरुलाई  पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गर्ने छन ।