20th August 2020

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद मिलापत्रमा टुंगियो ।

भाद्र,४,२०७७ ।गएको केहि साता बाट चर्चामा रहेको नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद अन्ततः टुंगिएको छ । नायिका पूजा र संचारकर्मी प्रकाश बीचको विवाद एपीवान् टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा टुंगिएको हो । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीच एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुको विवाद समाधान भएको भने उनि हरुले  भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर पनि गरेका छन्  । साथै आयिका पुजा शर्मा र पत्रकार प्रकस सुवेदी बीच भएको सहमति पत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले पनि हस्ताक्षर गरेका छन् । पुजा र सुबेदीले गरेको सहमति पत्रमा भनिएको छ, ‘भविष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आ-आफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानुन  र पेशागत आचार संहिताको परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष संवेदनशिल र सचेत रहने भनिएको छ । नेपाली चलचित्रका दर्शक माझ निकै रुचाएकी नायिका पुजा र नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी कृयाशिल रहदै आएका पत्रकार प्रकास सुबेदी बीचको विवाद वार्ताबाट टुंगिएकोमा यती बेला चलचित्रकर्मीहरुमा खुसी छाएको छ ।।