19th August 2020

नायिका बेनिशा हमालले गरिन राष्ट्रको गौरव राष्ट्रिय झण्डा जलाउने गायकलाई कारबाही र भिडियो हटाउन माग ।

भाद्र,३,२०७७ । नेपाली चलचित्रकी नायिका बेनिशा हमालले राष्ट्रको गौरव राष्ट्रिय झण्डा जलाउने गायकलाई कारबाही र भिडियो हटाउन माग गरेकी छन् । नायिका बेनिशाले गत सोमबार एक युट्यव च्यानल बाट ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएकोमा आपती जनाउदै उक्त गीतका गायकलाई कारबाही र भिडियो हटाउन माग गरेकी हुन । युट्युवमा उक्त गीत सार्वजनिक गरिए सँगै अहिले उक्त गीत र गायक को चौतर्फी आलोचना र बिरोध भैरहेको छ । यसै क्रममा नायिका बेनिशाले सामाजिक सञ्जालमा लेखेकी छिन । आमाको कोख र धर्ती माताको काख सबैभन्दा महान हुन्छ । यही देशको माटोमा जन्म लिएर, यही धर्तीमा भोली विलीन हुने मानिसलाई यो देशको अपमान गर्ने अधिकार कदापी छैन । यस्ता चरित्रहरू राष्ट्रघाती हुन् । राष्ट्रको गौरव राष्ट्रिय झण्डा जलाउने जो कोही भए पनि कानूनी दायरामा ल्याइयोस । साथै सामाजिक संजालबाट यो भिडियो यथाशीघ्र हटाइयोस !