18th August 2020

सम्झनामा बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारी ।

भाद्र,२,२०७७ ।दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनयाँ गरी लाखौ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मनमा राज गर्न सफल भएकी बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको पहिलो वार्षिक पुण्य तिथीमा सोमवार नेपाली चलचित्रका चलचित्रकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री अधिकारीले पुर्याएको योगदान लाई सम्झँदै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । वि,सं,२००४ सालमा काठमाडौंको असनमा जन्मे, हुर्केकी सुभद्रा अधिकारीको गत बर्ष ७२ वर्षको उमेरमा निधन भएको थियो। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी छिन्। अभिनेत्री शुभद्रा अधिकारीले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। ।चलचित्र ‘कन्यादान’ मा गरेको छुच्ची, सासूको भूमिका बाट चर्चित बनेकी शुभद्रले अभिनय गरेको पहिलो चलचित्र भने ‘मनको बाँध’ रहेको छ । २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी अभिनेत्री शुभद्राले अभिनय गरेको  पहिलो नाटक भने‘कची मचा’ रहेको थियो । यसपछि लामो समय सम्म नाट्य अभिनयमा समय विताएकी अधिकारीले बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’ जगतमर्दन थापाको ‘पलाँसको फूल’ लगायतका नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक भने जगतमर्दन थापाको ‘पलाँसको फूल’ रहेको थियो ।  

बुवा डिठ्ठा बलराम र आमा नुरादेवी परिवारकी एक्ली छोरी शुभद्राले ‘मनको बाँध’ ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’,  ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं चलचित्रहरुमा अभिनय गरेकी छिन । यसै क्रममा उनै नेपाली चलचित्रका बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको प्रथन पुण्यतिथिमा अभिनेत्री मिथिला शर्माले सामाजिक सञ्जाल मार्फत श्रदा सुमन अर्पण गरेकी छिन ।उनले अभिनेत्री शुभद्रा अधिकारी लाई समझदै लेखेकी छिन । सम्झनामा आदणिय दिदी हार्दिक श्रदा सुमन समय कती छिटो बित्ने एक बर्ष भईसकेछ हजुरले हामी लाई छोडेर गएको । नेपाली रंगमञ्च र सिने क्षेत्रमा आफ्नो सम्पुर्ण जिवन नै समर्पित गरेर इतिहास रच्न सफल कलाकारिता क्षेत्रकी सफल कुशल तथा कौशल योद्धा आदर्णिय शुभद्रा दिदी हजुरको आत्मा लाई शान्ति मिलोस । हामी लाई सधै रंगमञ्च र सिनेमाको पर्दामा मात्र हैन निजी जिवनमा पनि आमा रुपी प्यारी दिदी अभिभावकिय अभाव रही रहने छ ।