17th August 2020

अभिनेता बाट निर्माता बन्दै सलोन बस्नेत ।

भाद्र,१,२०७७ ।नेपाली चलचित्रको बजारमा नेपाली कथानक चलचित्र‘रुम नम्बर १०८’को निर्माण हुने भएको छ ।जुन चलचित्रलाई अभिनेता सलोन बस्नेतले आफ्नै लगानीमा निर्माण गर्न लागेको बुझिएको छ । यस अघी अभिनेता आर्यन सिग्देल,भुवन केसी, प्रदीप खड्का, रमेश उप्रेती र अभिनेत्री रेखा थापा, केकी अधिकारी, लगायत धेरै कलाकारले आफूलाई निर्माताको रुपमा उभ्याइसकेको समयमा अभिनेता सलोनले पनि अभिनेता बाट निर्माता बन्दै उक्त चलचित्र निर्माण गर्ने भएका हुन्। अभिनेता सलोनले निर्माण गर्न लागेको चलचित्र रु न १०८ को नाममा यसअघि गीत पनि सार्वजनिक भइसकेको छ । जुन गीतमा अभिनेता सलोन र आमेश भण्डारी स्वर र भिडियोमा अभिनय रहेको थियो । यही गीतको नाम सापटी लिँदै सलोनले निर्माण गर्न लागेको यस चलचित्रमा यि दुइ अभिनेता सलोन र आमेश कै मुख्य भूमिका रहने पनि बताइएको छ । ‘सलोन सलिना फिल्मस्’ को ब्यानरमा प्रेमकथामा आधारित रहेर निर्माण हुने बताइएको चलचित्र लाई यस अघी ‘सम्हालिन्छ कहिले मन’, ‘यात्रा’, ‘सो सिम्पल’ लगायत थुप्रै चलचित्रहरुमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका सुरेश न्यौपानेले निर्देशन गर्न लागेको पनि बताइएको छ । अभिनेता सलोनका पिता तथा निर्देशक शोभित बस्नेतका अनुसार, फिल्मको स्क्रिप्ट ‘लक’ भइसकेको र । सरकारले छायांकनको अनुमति दिएसँगै चलचित्र रुम न १०८ फ्लोरमा निस्कने पनि बताइएको छ । चलचित्रका लागि दुई मुख्य अभिनेता फाइनल भए पनि अभिनेत्रीको भने टुंगो लाग्ना बाकी रहेको बताइएको छ । अभिनेता सलोन र आमेशले यसअघि चलचित्र ‘मेला’ मा सगै काम गरेका थिए ।