16th August 2020

पुजाको पक्षमा चलचित्र संबन्धी सँघ संस्था,कलाकार लाई रजतपट र ग्ल्यामर गफमा सहभागी नहुन गरे आग्रह ।

श्रावण,३२,२०७७ ।पछिल्लो केहि दिन यता बाट नेपाली चलचित्रको बजारमा नायिका पुजा शर्मा र पत्रकार प्रकाश सुबेदीको बिबादले नयाँ नयाँ मोड लिइरहेको समयमा चलचित्रसँग सम्बन्धित विभिन्न ७ संघ संस्थाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेका छन् ।नायिका पूजा शर्माले दिएको निवेदनमा चलचित्रसँग सम्बन्धित ७ संघ संस्थाले संयुक्त रुपमा जारी गरेको पत्रमा नायिका पुजा र पत्रकार प्रकाश बीच सहमति नभएसम्म अथवा कानुनमार्फत यो समस्या नसुल्झिएसम्म कलाकारलाई कार्यक्रम रजतपट र ग्ल्यामर गफमा सहभागी नहुन आग्रह गरेका छन ।  एपीवान टेलिभिजनको कार्यक्रम रजतपटले पत्रकारिता मात्रै नभएर मानवताकै धज्जी उडाएको निष्कर्ष निकाल्दै नायिका पूजा शर्माको बौद्धिकता र शारीरिक सुन्दरतामाथि प्रश्न चिन्ह उठाए भन्दै चलचित्रसँग सम्बन्धित सबै संघसंस्था एकताबद्ध हुँदै कलाकार हरु लाई उक्त कार्यक्रममा सहभागि नहुन ति संघसंस्थाल्र आग्रह गरेका हुन्। चलचित्र कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघ, चलचित्र द्वन्द्व समाज, चलचित्र नृत्य संघले उक्त टेलिभिजनमार्फत नायिकाहरुको अशिष्ट टिप्पणी गर्दै मानमर्दन गरेको भन्दै चरित्रहत्या गर्ने काम गरेको भन्दै  नायिका पूजा शर्माले न्याय पाउनु पर्ने बताएका छन् । साथै यि सातवटा पेशागत संगठनले पटकपटक एकै खालका घटना दोहोरिरहेको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन त्यसको कारण पहिल्याई कारबाही गर्नु पर्ने संयुक्त निर्णय गर्दै कलाकार संघको समन्वयमा न्यायका लागि पहल गर्ने पनि निर्णय गरेका छन ।