27th May 2019

फुटसल ग्राउन्डमा चलचित्र कुम्भ करणको टिम ।

जेठ,१३,२०७६ ।चलचित्र कुम्भ करणको निर्माण टिम यती बेला चलचित्रको प्रचार प्रसारको दौड धुपमा रहेका छन ।आउदो शुक्रबार जेठ १७ गते प्रदर्शन बाट प्रदशनमा आउन लागेको चलचित्र‘कुम्भ करण’को निर्माण समुहले चलचित्रको प्रचार प्रसारको क्रममा फुटसल खेलेको छ ।प्रदशनी मिती नजिकिदै गर्द निर्माण टिमले राजधानीको मैतिदेवीस्थित फुटसल ग्राउन्डमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेल बस्ने विद्यार्थी बिच रोमाञ्चक खेल भएको थियो ।उक्त फुटसल ग्राउन्डमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेल बस्ने विद्यार्थी बिच भएको रोमाञ्चक खेलमा सुशिल पौडेलको कप्तानीमा रहेको मिडिया ‘टिम ए’ र ‘कुभ्भ करण’ टिमलाई हराउँदै होस्टेल विद्याथीहरुले प्रथम स्थान हासिल गरेका थिए। त्यसै गरी दोस्रो स्थानको लागी भएको खेलमा चलचित्र ‘कुम्भ करण’ टिम लाई हराउदै मिडिया ‘टिम ए’ले जित्न सफल भएको थियो ।रंग पत्रकारको दुई वटा समुह रहेको उक्त खेलमा  मिडिया ‘टिम बि’ भने दुई खेल हारेर आउट भएको थियो । निर्देशक दिपक वलीको निर्देशनमा निर्मित चलचित्र ‘कुम्भ करण’ सरकारी विद्यालमा शिक्षक र शिक्षिका बिचको प्रेम सम्बन्धमा आधारित रहेको बताइएको छ ।महेश दवाडीको कथा, पटकथा एंव संवाद रहेको चलचित्रमा आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले लगायत कलाकारहरुको अभिनय रहेको छ ।