14th August 2020

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ ।

श्रावण,३०,२०७७ ।नेपाली हाष्य क्षेत्रका चर्चित हाष्य ‘जोडी मह का मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ प्रदान गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्मान कार्यक्रममा ठूलो जमघट नगरी आयोजना गरिएको उक्त कार्यक्रम गत मंगलवार राजधानीमा फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशीसहित सम्मान प्रदान गरिएको थियो । यो फाउन्डेशनले हरेक वर्ष कला क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।  साथै मह जोडीलाई सम्मान गरिएको उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले मह जोडी लाई रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गरेका थिए । केही दिनअघि नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र चरित्र अभिनेत्री शकुन्तला शर्मालाई ५१ हजार नगद राशीसहित ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ बाट सम्मान पनि उक्त फाउन्डेसनले  गरेको थियो । भुवन चन्द नेपाली फिल्मको पहिलो नायिका, चैत्य देवी प्रथम रंगीन नेपाली फिल्मकी नायिका र बसुन्धरा भुषाल प्रथम हास्य अभिनेत्री हुन् ।