13th August 2020

नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तले पाए कार ।

श्रावण,२९,२०७७ । गत बुधबार, तिनकुनेस्थित कान्तिपुर पब्लिकेशनको प्राङगनमा नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तले पुर्व घोषित उपहार २५ लाखको कार प्राप्त गरेका छन् । ‘कमेडी च्याम्पियन’ विजेता हिमेशले ड्याट्सन रेडी–गो कार पाएका हुन ।पन्तअ लाई आयोजकले यस अगि नै नगद रकमको ५० प्रतिशत प्रदान गरिसकेको थियो । नेपालको पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–१’ मा हिमेश पन्त विजेता बन्न सफल हएका थिए भने खड्गबहादुर पुन दोस्रो र सुमन कोइराला तेस्रो हुन सफल भएका थिए ।चैतको दोस्रो हप्ता सकिएको उक्त कार्यक्रमका निर्देशक विशाल भण्डारीले  बिजेत पन्त लाई कार हस्तान्तरण गरे पछी “यस्तो असहज परिस्थितीमा पनि हामीले सम्झौता अनुसार नै पुरस्कार प्रदान गर्न सक्यौं । यदि दृढ इच्छा शक्ति छ र इमान्दारिता छ भने चाहेको काम गर्न सकिनेरहेछ बताएका छन ।