12th August 2020

गायक निशान भट्टराईले गरे प्रेमिका ऋचा न्यौपानेसँग  कानुनी विवाह । 

श्रावण,२८,२०७७ ।गायक निशान भट्टराइ बैवाहिक बन्धनमा बाधिएका छन ।गायक भट्टराइले प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले धुलिखेल जिल्ला अदालतमा पुगेर कानुनी विवाह गरेका हुन् । पछिल्लो समयमा नेपाली चलचित्रको सांगीतिक क्षेत्रमा चम्किएका गायक निशान भट्टराइ ले कानुनी विवाहपश्चात विवाहको प्रमाणपत्र ग्रहण गरेका छन्। पछिल्लो समय गयक भट्टराइको स्वर रहेको ‘के माया लाग्छ र’ बोलको गीत ले नेपाली गीत संगीतका दर्शक स्रोताहरुको मन जित्न सफल भैरहेको छ भने उक्त गीत अहिले सर्वाधिक चर्चामा रहेको छ । बिगत दुइ बर्ष देखी एक अर्काको प्रेममा रहेका गायक निशान र ऋचा लाई बैवाहिक बन्धन मा बाधिएको उपलक्ष्यमा  शुभकामना ।