11th August 2020

निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘हुतुतु’ मा हरिवंश आचार्य, प्रदीप खड्का ,पल शाहको अभिनय रहने ।

श्रावण,२७,२०७७ ।चलचित्र प्रेम गीत सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा नेपाली चलचित्रका चल्तीका नायक पल शाह देखी लिएर नेपाली चलचित्रका बरिष्ठ हाश्य कलाकार हरिवंश आचार्यको सम्मको अभिनय रहने बताइएको छ । निर्माता सन्तोष सेनकै निर्माण र निर्देशनमा निर्मित चलचित्र प्रेम गीतको तेस्रो सिरिज चलचित्र ‘प्रेमगीत ३ ’ प्रर्दशनको पर्खाइमा रहेका निर्मात सेनले कमेडी जनरामा निर्माण गर्न लागेको चलचित्र ‘हुतुतु’ मा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेन लगएत कलाकारहरुको प्रमुख भूमिका रहने पनि बताइएको छ । अर्काे वर्षबाट छायाँकन सुरु गरिने तयारीमा निर्मान टिम जुटिरहेको बताइएको चलचित्रलाई निर्माता सन्तोष सेन र निर्देशक छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्ने पनि निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।साथै ठूलो लागतमा निर्माण हुन लागेको चलचित्रका लागी निर्माण टिमले हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेन सँग कागजी सम्झौता गरिसकेको पनि बताइएको छ । भने महिला कलाकार भने फाइनल गर्न बाकी रहेको पनि बताइएको छ साथै निर्माता सेनले छिट्टै महिला कलाकार पनि फाइनल गर्ने बताएका छन्।निर्माता सन्तोष सेनको कथा रहेको चलचित्रको पटकथामा ढाल्ने काम छेतनगुरुङ र अभिमन्यू निरवीले गरिरहेको पनि बताइएको छ ।