10th August 2020

नयाँ चलचित्रमा नायिका साम्रज्ञी राज्य लक्ष्मी शाह ।

श्रावण,२६,२०७७ । नेपाली चलचित्रको बजारमा अभिनेता निर्माता तथा निर्देशक भुवन के,सीको चलचित्र ड्रीम्स बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गर्दै पहिलो चलचित्र बाट नै स्टार नायिकाको उपमा पाउन सफल भएकी भागयमानी नायिका हुन नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह ।पहिलो चलचित्रमा नै नेपाली चलचित्रका स्टार नायक अनमोल के,सीको साथमा स्क्रीन सेयर गरेकी नायिका साम्राज्ञिले त्यस पछी चलचित्र ए मेरो हजुर २,  इण्टु मिण्टु लण्डनमा,कायरा, मंगलम्,रातो टिका निधारमा, तिमी सँग, मारुनी जस्तो सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । एक पछी अर्को गर्दै लगातार ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा सकारात्मक टिपणी पाउन सफल चलचित्रहरु नेपाली दर्शक हरु लाई दिदै आएकी नायिका साम्राज्ञी अभिनित पछिल्लो प्रदशनमा आएको चलचित्र मारुनी रहेको छ ।जुन चलचित्रले ब्यवसायिक सफलता र समिक्षात्मक रुपमा प्रशंसा बटुल्न सफल भएको थियो ।  
यसै क्रममा चलचित्र मारुनी प्रदशनमा आएको लामो समय पछी नायिका साम्राज्ञी अर्को एक नयाँ चलचित्रमा अनुबन्ध भएकी छिन ।जुन चलचित्रमा प्रदशनको पर्खाईमा रहेको चलचित्र प्रेम गीत ३ बाट नेपाली रजतपटमा नायकको रुपमा डेब्यु गर्दै गरेका नायक मनिष राउत र चलचित्र जेरिकी नायिका आना शर्माको पनि मुख्य भूमिका रहने छ । डाक्टर डेमिनको प्रस्तुतीमा र निर्माता अनुप पौडेल र छत्र सिंह पाण्डेको लगानी निर्माण हुन लागेको उक्त चलचित्रका लागी निर्माण टिमले यि तिनै नायक नायिका लाई कागजी सम्झौता पनि गरिसकेको छ ।करन साउँद सह-निर्माता रहेको चलचित्रको छायाकन कोरोना त्रास कम हुँदै चलचित्र छायाकन गर्ने सहज वातावण बने पछी निर्माण टिम फ्लोर मा जाने बताइएको छ ।साथै चलचित्र 'अमेरिकन बोइज' का निर्देशक प्रवेश पौडेलले निर्देशनमा बन्न लागेको उक्त चलचित्रको लागि एक नव नायक र एक नव नायिका को खोजिमा निर्माण टिम रहेको पनि बताइएको छ ।युवा पुस्ताको मनोविज्ञानमा आधारित रहेर निर्माण हुन लागेको यस चलचित्रको अहिले स्कृप्टमा काम भइरहेको पनि बताइएको छ ।