09th August 2020

प्रदशनको पर्खाइमा रहेका चलचित्र म यस्तो गीत गाउँछु २ का नायक पल शाह र नायिका पुजा शर्मा म्युजिक भिडियोमा एक साथ देखिदै ।

श्रावण,२५,२०७७ ।कोरोना कारण नेपाली चलचित्र क्षेत्र पुरै बन्द रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिका हरु बिभिन्न म्युजिक भिडियो हरुको छायाकनमा ब्यस्त बन्दै आएका छन ।यसरी म्युजिक भिडियोमा ब्यस्त हुनेमा नेपाली चलचित्रका दर्शक हरुले निकै रुचाएका नायक पल शाह अग्रपंतीमा रहेका छन ।उनी लक डाउन लुज डाउनमा परिणत भए सँगै भिडियोको छायाकन मा ब्यस्त बन्दै आएका छन । गत बर्षको चैत ११ बाट शुरु भएको लकडाउन अन्त्य भए सँगै म्युजिक भिडियोको छायाकन मा ब्यस्त हुने हरुमा नायक पल शाहको साथ साथै दिलिप रायमाझी देखि लिएर,नाजिर हुसेन, दयाहाङ राइ,बिपिन कार्की सम्म रहेका छन भने नायिका हरुमा केकी अधिकारी, बर्षा राउत, बर्षा शिवकोटी, स्वस्तिमा खडका, आचल शर्मा, नम्रता सापकोता लगाएत छन । यसै क्रममा नेपाली चलचित्रका चर्चित तथा सफल जोडी नायिका पुजा शर्मा र उनै नायक पल शाह अभिनित एक म्युजिक भिडियोको छायाकन सम्पन्न भएको छ । नेपाली चलचित्रका सफल नृत्य निर्देशक कबिराज गहतराजको नृत्य निर्देशन रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द,चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत,रचना रिमाल र सरोज ओलीको स्वर  रिकेस गुरुङको एरेन्ज, श्याम सोयत रसाइलीको मिक्सिङ र किरन बिकेको रेकर्डिङ रहेको छ । चलचित्र म यस्तो गीत गाउँछु २ को प्रदशन को पर्खाइमा रहेका नायक पल शाह र नायिका पुजा शर्मा अभिनित उक्त गीत को भिडियो लाई लिएर दर्शक हरुमा उत्सुक्त बढेको पाइएको छ ।