07th August 2020

उत्कृष्ट अभिनय कलाका धनी अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता मुकुन भुषाल चलचित्र बिच्छेदमा।

श्रावण,२३,२०७७ ।पछिल्लो समय नेपाली चलचित्रको बजारमा चर्चामा रहन सफल भएकी अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता मुकुन भुषाल लाई एक साथ एक नयाँ चलचित्रमा देखिन पाइने भएको छ । चलचित्र र म्युजिक भिडियोमा ब्यस्त बन्दै आएकी नायिका लक्ष्मी र चलचित्र बुलबुल बाट चर्चामा आएका मुकुन लाई निर्माणधिन चलचित्र ‘बिच्छेद’ मा एक साथ देख्न पाइने भएको हो । गत वर्षको चैत ५ गतेबाट छायांकन सुरु भएको चलचित्र ‘बिच्छेद’ को छायाँकन गत बर्ष कै चैत ११ बाट कोरोना भाइरसको त्रासका कारण लक डाउन शुरु भए पछी उक्त चलचित्रको छायाँकन रोकिन पुगेको थियो । कोभिड १९ का कारण अनिश्चितकालको लागी छायाँकन स्थगित हुन पुगेको चलचित्रको बाँकी छायाँकन लाई अब तिहारपछि सुरु गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ । जुन चलचित्र लाई चलचित्र‘अनुराग’का निर्देशक सत्यराज चौलागाईंले निर्देशन गर्दै छन । अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवाको जोडी बाँधिएको यस चलचित्रमा यस अघी निर्माण टिमले नायिका केकी अधिकारीसँग सम्झौता गरेको थिए । तर, नायिका केकी निर्देशक नारायण रायमाझी को चलचित्र ‘परदेशी २’ मा ब्यस्त हुने भए पछी उनले चलचित्र ‘बिच्छेद’ छाडेकी बताइएको छ ।साथै जानकारीमा आए अनुसार चलचित्र‘परदेशी २’ र ‘बिच्छेद’ को छायँकन एकै समयमा हुने भए पछी उनले चलचित्र ‘बिच्छेद’ छडेकी पनि बताइएको छ त्यस पछी मात्र अभिनेत्री लक्ष्मी उक्त चलचित्रमा अनुबन्ध भएकी हुन्। उत्कृष्ट अभिनयका धनी मुकुन र लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’ मा काम गरेका थिए । 
निर्माता राज पण्डित र सुबास राईको निर्माणमा बन्न लगेको चलचित्र बिच्छेदमा लक्ष्मी र्मुकुन को साथमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । गाउँले परिवेशमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा संकल्प भुजेलको छायाँकन रहने छ । रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुने चलचित्र लाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ । साथै चलचित्र ‘बिच्छेद’ को प्रदर्शन पछि यही टिमले चलचित्र ‘अन्तरे’ निर्माण गर्दैछन । जुन चलचित्रका लागि निर्माण टिमले अभिनेता मुकुन भुषालसँग सम्झौता गरिसकेको र अभिनेत्रीको भने टुंगो लाग्न बाकी रहेको निर्देशक सत्यराजले बताएका छन ।