06th August 2020

नायिका हुँदै गायिका बनेकी अनु शाहको आवाजमा ‘मेरो सम्झनामा' ।

श्रावण,२२,२०७७ ।चलचित्र बाजिगर, जन्मभुमी, मिलाप, धौली, भैरव, लक्ष्य लगाएत दुइ दर्जन भन्दा बढी चलचित्रहरु र सयौको संख्यामा म्युजिक भिडियो हरुमा अभिनय गरिसकेकी नायिका तथा मोडल अनु शाहले आफ्नो आवाजमा नयाँ गीत रेकर्ड गराएकी छिन् । पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिदै म्युजिक भिडियोमा व्यस्त बन्दै आएकी नायिका अनु शाहले ‘मेरो सम्झनामा' बोल रहेको गीतमा आफ्नो आवाज भरेर मोडल नायिका हुँदै गायिकाको पनि परिचय बनाएकी हुन । पछिल्लो समय नेपाली चलचित्रका नायक सबिन श्रेष्ठको प्रेममा रमाइरहेकी नायिका अनुले स्वर भरेको उक्त गीतमा सञ्चारकर्मी शान्तिप्रियको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ। बजारमा नायिका अनु शाहले नायक सबिन श्रेष्ठ सँग लगनगाँठो कसिसकेको चर्चा चले पनि उनीहरुले यो चर्चालाई अफवाह भएको बताउदै आफुहरु एक अर्काको प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गर्दै आएका छन  । यसै क्रममा केहि दिन अघी मात्र नायिका अनु शाहले आफ्नो गर्धनमा सविनको नामको ट्याटु खोपाएर चर्चामा आएकी थिइन ।